News

बल्ल नुहाउन पाइयो !

हुम्ला, चैत ८ – सुख्खा ठाउँको बस्ती, पानी पिउनसम्म पाइँदैनथ्यो । नुहाउनको लागि की खोला जानु पर्थो की त कर्णाली नदी भेट्न पैमासम्म पुग्न पाइन्थ्यो ।  

‘अहिले जमाना फेरिए घरमै पानीका धारा आए बच्चा दिउँसो नुहाउँदछन, खेल्छन् पानीसँग’ मदना-३ की ६० वर्षकी अमृता कार्कीले सुनाउनुभयो । ‘पानी नभएर नुहाउन पाइँदैन थियो हाम्रा दिनमा, आजकल जमाना विकासले फेर्यो’ मदना गाउँकी ५० वर्षकी रुपा थापाले भन्नुभयो ।  

पानीको जोहो गर्दै हिँडेर आफ्नो जिन्दगी बिताएको कथा लामै रहेछ उहाँहरुको । गाउँमा पानीको कुनै मुहान नभएकोले पानीको अभावले जीवनभर दुःख पाएका महिलाहरुको मुहारमा अहिले भने खुशी छाएको छ । पानीको जोहो गर्ने अभिभारा महिलाकै थाप्लोमा पर्ने भएकाले पनि गाउँमा पानी आएपछि उहाँहरु खुशी हुनुभएको हो । गएको वर्षदेखि थालिएको पहल सम्भव भएपछि अहिले गाउँमै धारा आएको हो । गएको वर्ष एउटा खसी, माना चामल गाउँलेले छिमेकी पदाललाई दिएर मुहान पाएपछि गाउँका महिला, बालबालिका, वृद्धहरुले घरैमा पानी खान, नुहाउन पाएका हुन् । 

मदना गाउँका ७१ घरधुरिका ३ सय ५५ जनाको खानेपानीको श्रोत भनेको एक मात्र जुकेमुल स्थानको कुवा थियो । जहाँ पानी भर्न जाँदा घण्टौं लाइनमा बस्नु पथ्र्यो र आउने जाने समयसमेत एक घण्टासहित झण्डै २ देखि साढे २ घण्टासम्मको समयमा एक गाग्री खानेपानी ल्याउने गरिन्थ्यो । यसरी ओसारेको पानी गाग्री, घैंटो, चिन्डो जस्ता भाँडामा जम्मा गरेर महिनौ दिनसम्म पनि सिरुपाटा बासी पानी खान बाध्य थिए । जसोतसो घण्टौँ लगाएर खानेपानीको जोहो गरेपनि नुहाउने भनेको निकै परको कुरा थियो ।

सरसफाइको सन्दर्भमा नुहाउन, लुगा धुनको लागि र्वाजी खोला पुगेर दिनभरिको समय खेर फालेर मात्र सरसफाइ गर्न सकिन्थ्यो । फोहर खानेपानी र सरसफाई गर्ने पानी नभएको कारण २०६५ सालमासमेत मदान गाउँमा झाडापखाला रोग फैलिएर केही मानिसको ज्यानसमेत गयो । 

पानीको श्रोत नभएकोले सिरुपाटालाई सुख्खा गाउँको रुपमा पनि चिनिन्छि । छिमेकी गाउँको खोलाबाहेक अर्के मुहान नभएकोले छिमेकीलाई परम्परागत रुपले मानित्या गर्नुपरेको स्थानीय सुरेन्द्र कार्कीले बताउनुभयो ।

गएको वर्ष खानेपानीको योजना ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग र ग्रामीण जनउत्थान विकास कार्यक्रम नामक संस्थाको सहजीकरणमा मिति २०७२ जेठबाट निर्माण कार्य सुरु भई २०७३ चैत पहिलो हप्तामा सम्पन्न भएपछि सिरुपाटा बासिन्दाको मुहार फेरियो । 

पानी नपाएर हिउँदका दिनमा घरमा नवसी नदी किनारको पैमा वस्तीमा बस्दै आएका सिरुपाटे अब ढुक्क भएर गाउँमै बस्ने भएका छन् । वर्खामा वर्षात झरिको प्रदुषित पानी खाएर बस्दै आएका थिए । 

योजनाको लागत ५३ लाख रुपैयाँ रहेकोमा १० लाख रुपैयाँ समुदायको जन श्रमदान रहेको थियो । अहिले यस गाउँमा १३ वटा धारा निर्माण भएका छन् । खानेपानी ल्याउने, लुगाधुन जाने समयले अन्य आयआर्जनको काम गर्न सजिलो भएको बताउँछन् उपभोक्ता समिति अध्यक्ष अम्मरे कार्की । 

अहिले त बालबालिका, बुढा बुढीलाईसमेत दिन दिनै सरसफाई र स्वच्छ खानेपानी उपभोग गर्न सजिलो भएको छ । घरअगाडिको बारीमासमेत हरियो साग करेसा बारी बनाई तरकारी खान सजिलो भएको छ । ‘पानी जम्मा गर्ने कुनै पनि भाँडाहरु आवश्यक पर्दैन हामीले समेत पानी तिर्खा लागेको बेला, सरसफाई गर्न मन लागेको बेला सजिलै नजिकै धारामा जान्छौँ’ शिक्षक बल थापाले बताउनुभयो । 