News

स्याउ विरुवामा आत्मनिर्भर वन्दै हुम्ला

विगत ५ वर्ष अघि पुष महिनामा जिल्ला कृषि विकास कार्यलय हुम्लाका कर्मचारी  विरुवा खरिदका लागी जिल्लावाहिर जान ताछाड मछाड गर्दै कार्यलय प्रमुख देखि कार्यलय सहयोगी सम्म विरुवा खरिद विषय नै वनाएका थिए । तर समय फेरिदै जाादा जिल्लाका किसानहरुले आफनै वारिमा स्याउका विरुवा उत्पादनगरि कार्यलयमै विरुवा लयाउन थालेपछि यो समस्या हाल कार्यलयमा छैन् । हाल जिल्लाभरि वार्षिक १० हजार स्याउका विरुवा उत्पादन हुने गरेको वागवानी अधिकृत रोकायाको अनुमा रहेको छ । जिल्लाको मध्य भागमा रहेको वागवानी विकास केन्द्र र किासानहरुको निजी फारममा स्याउका विरुवा उत्पादन हुने हुदा विगतको जस्तो जिल्ला वाहिर खरिदका लागी ललितपुर वैतडी सल्यान जुम्ला गएर महिनौ दिन लागाएर हवाइ सेवा मार्फत जिल्लामा वितरण गरिने चलन हटेको रोकायाले वताए । हाल किसानहरुले जिल्लाका कृषिसेवा केन्द्रमा आफुसंग भएको विरुवा मंसिर महिनामै जानकारी गराएर विरुवाको माग पुर्ति हुदै आएको छ ।स्थानिय गा्रमिण जनउतथान विकास कार्यम्रम हुम्लाले पनि केही गाविसहरुमा कार्यक्षेत्रलाइ स्याउ लगागतका अन्य विरुवा रोप्दै आएको संस्थाका सामाजिक परिचालक दत्त शाहीले वताए ।